कलाकार सागर लम्साल पक्राउ
काठमाडौं - कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको हो।
लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। पीडितका अनुसार करिब एक वर्षअघि अमेरिकामै घटना भएको हो।
पीडितले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै विश्वास गरेको व्यक्तिबाटै आफू यौन हिंसाको शिकार भएको बताएकी थिइन्। उनले लामो समयदेखि चिनजान रहेका र दाजुजस्तै विश्वास गरेका व्यक्तिले आफ्नो अपार्टमेन्टमा बलात्कार गरेको आरोप लगाएकी छन्।
घटनापछि लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढेको थियो। प्रहरीले आरोपबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०८२ ०८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

