Harsamaya
परराष्ट्र मन्त्रालयले भन्यो - इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
प्रवक्ता लोकबहादुर क्षेत्री ।

काठमाडौं - परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन् ।

‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ। एकजना वकिलले भेटिसक्नु भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update