डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सभामुख पदका लागि तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको थियो। उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि २ बजेसम्मका लागि खुला गरिएको थियो।
अर्यालको उम्मेदवारी रवि लामिछाने प्रस्तावक तथा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकोले अर्यालको विजय सुनिश्चित थियो। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

