Harsamaya
चट्याङ लागेर मकवानपुरका अजय पहरीको मृत्यु, एक घाइते
सांकेतिक तस्वीर : हर समय/Har Samaya

बागमती - चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर  घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update