Harsamaya
एनपिएल प्रेससहित दुई वटा अनलाइन कालोसूचीमा, सुरज खड्काको प्रेस पास निलम्बन 

काठमाडौं - प्रेस काउन्सिल नेपालले दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्दै कारबाही गरेको छ।

काउन्सिलले पछिल्लो पटक सार्वजनिक गरेको विवरणअनुसार www.sudurnews24.com र www.nplpress.com लाई कालो सूचीमा राखेको हो ।

सुदूरपश्चिम डट कमलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने एनपीएल प्रेसलाई पत्रकारितासम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै कालोसूचीमा राख्नका साथै काउन्सिलको सूचीकरणबाट नै हटाइएको छ । एनपिएल प्रेसका सञ्चालक पत्रकार सुरज खड्काको प्रेस पास समेत निलम्बनका लागि काउन्सिलले सूचना तथा प्रसारण विभागमा पत्राचार गरेको छ । 

सिन्धुपाल्चोकका पत्रकार खड्काले पत्रकारिता आचारसंहिता हदैसम्म उल्लंघन गरेको काउन्सिलको ठहर छ । खड्का केही समयअघि एमालेले गरेको प्रदर्शनमा क्यामेरा फुटाएको भन्दै आक्रोशित भएका थिए । उनले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै काउन्सिलले कालोसूचीबाट हटाएको पनि बताएका थिए । 

एक वर्षसम्म कालोसूचीमा रहेका सञ्चारमाध्यमले चित बुझ्दो प्रमाणसहित काउन्सिलमा निवेदन दिए फुकुवा हुने व्यवस्था पनि रहेको काउन्सिलले जनाएको छ । कालोसूचीमा रहेका सञ्चारमाध्यमले सार्वजनिक तथा सरकारी सेवा सुविधा पाउने छैनन् ।  

council-1774957963.jpeg

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update