बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।
'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२ १९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

