Harsamaya
हर्कले दिए साइबर ब्यूरोमा गालीगलौजविरुद्ध उजुरी
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ।

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा एक टिकटक प्रयोगकर्ताविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन् । 

साम्पाङले टिकटक प्रयोगकर्ता सुनिता खड्काले आफ्नो विरुद्ध सार्वजनिक रूपमा लाइभ तथा भिडियोमार्फत अपशब्द प्रयोग गर्दै मानसिक तनाव दिएको आरोप लगाएका छन्। उजुरीमा उनले बारम्बार गालीगलौज, चरित्रहत्या गर्ने प्रयास तथा अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको उल्लेख गरेका छन्।

उजुरीअनुसार आरोपित व्यक्तिको टिकटक आइडी “sunita_khadka” तथा “@sunisunita_369” रहेको जनाइएको छ। साम्पाङले यस्ता गतिविधिले आफ्नो सामाजिक प्रतिष्ठामा असर परेको र मानसिक रूपमा समेत पीडा पुगेको भन्दै कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

निवेदनमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै यस्ता घटनामाथि कडाइका साथ निगरानी र आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

साइबर ब्यूरोले उजुरी दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

harka-1774867875.jpg

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update