रविको मुद्दा पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं - रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने भनी महान्यायाधिवक्ताले गरेको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार यस्तो आदेश गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखेर बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गरेकी थिइन् ।
सोही संशोधनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज सफलले दायर गरेको रिटलाई सर्वोच्चले आइतबार पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

