प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई
काठमाडौं - नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका छन् ।
अध्यक्ष ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनु भएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

