चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
एजेन्सी - चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ ।
रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ६:५१ बजे (बेइजिङ समय) प्रक्षेपण गरेको हो । सिवेई गाओजिङ–२ ०५ र सिवेई गाओजिङ–२ ०६ उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा पठाएको हो ।
यो लङ मार्च शृङ्खलाका रकेटहरूको ६३४ औं उडान मिसन थियो।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२ १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

