‘तेल भिसा’ का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ
काठमाडौं - शिवराज कार्की ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले मंगलबार काठमाडौंको स्वयम्भू क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार ‘अमेरिका लगिदिन्छु’ भन्दै केही व्यक्तिसँग रकम असुल गरेको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको हो। उनी फिल्म तेल भिसाका निर्माता हुन्।
यसअघि सोही फिल्मसँग सम्बन्धित निर्देशक शंकर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध पनि अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोप लाग्दै ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो।
०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको ‘तेल भिसा’ले अमेरिका बस्दै आएका नेपालीहरूको जीवनकथा प्रस्तुत गरेको थियो। अहिले भने सोही फिल्मसँग जोडिएका व्यक्तिहरू ठगी प्रकरणमा मुछिन थालेपछि घटनाले नयाँ मोड लिएको छ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२ १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

