राइड सेयरिङका १७५ चालक कारबाहीमा
काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष चेकिङ अभियानमा ‘राइड सेयरिङ’सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक नियम उल्लंघन, आवश्यक कागजात नहुनु, अनधिकृत रूपमा सेवा सञ्चालन गर्नु तथा जथाभावी यात्रु चढाउने–झार्ने जस्ता गतिविधि भेटिएपछि कारबाही गरिएको प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
ट्राफिक प्रहरीले राइड सेयरिङ सेवा सञ्चालन गर्दा सम्बन्धित निकायबाट अनुमति लिन, सवारीसाधन मर्मतसम्भार गर्न र नियम पालना गर्न चालकलाई आग्रह गरेको छ।
नियम उल्लंघन गर्नेविरुद्ध यस्ता अनुगमन अभियान निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

