Harsamaya

काठमाडौं - सुनसरीमा लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ परेको छ ।

प्रहरीले धरान उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय सुरज खड्कालाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८४० मिलिग्रामसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update