Harsamaya
मलेखु–ताल्ती खण्डमा ढुवानीका सवारीबाट शुल्क नलिन आशिका तामाङको निर्देशन 
राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद आशिका तामाङ ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद आशिका तामाङले मलेखु–ताल्ती खण्डमा ढुवानीका सवारीसाधनबाट शुल्क नलिन निर्देशन दिएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले ढुवानीका लागि सडक प्रयोग गरेकै आधारमा कर वा शुल्क उठाउनु न्यायोचित नहुने बताएकी छन्।

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु पर्ने छैन,’ उनले लेखेकी छन्।

तामाङले यस विषयमा सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै यदि कसैले शुल्क उठाएको थाहा पाएमा कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिएकी छन्।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update