यी हुन् नेकपाले प्रतिनिधिसभामा पठाउने ९ जना समानुपातिक सांसद
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने ९ जनाको नाम टुंगो लगाएको छ।
पार्टीले समानुपातिकतर्फका ९ जना सांसदको नाम तय गरी निर्वाचन आयोगमा पठाएको जनाएको छ।
नेकपाले विभिन्न समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व हुने गरी उम्मेदवार सिफारिस गरेको छ। खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजातिबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गता कोटाबाट प्रेमबहादुर बयक, मधेसीबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारूबाट निराशा चौधरी डगौराको नाम समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको थियो।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ १९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

