Harsamaya
काँग्रेसले प्रतिनिधिसभामा पठाउने २० जना को को ?
नेपाली काँग्रेस ।

काठमाडौं - नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने २० जनाको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरेको हो।

खसआर्य कोटा
१. सुशीला ढकाल
२. रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

आदिवासी जनजाति कोटा
७. गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

मधेसी कोटा
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलित कोटा
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारु कोटा
१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिम कोटा
२०. शाहजान खातुन

पार्टीले उक्त नामावली निर्वाचन आयोग नेपालमा बुझाएको छ। आयोगले रुजु प्रक्रिया पूरा गरेपछि मात्रै समानुपातिकतर्फ चयन भएका सांसदहरूको औपचारिक घोषणा गरिने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update