Harsamaya
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, को को परे ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठ ले जानकारी दिए।

समानुपातिकतर्फ सिफारिस भएका नामहरू :
१. भरत गिरी – खसआर्य पुरुष (महोत्तरी)
२. ताहिर अली – मुस्लिम पुरुष (रुपन्देही)
३. खुस्बु ओली – खसआर्य महिला (झापा)
४. सरस्वती लामा – जनजाति महिला (धादिङ)

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update