काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पठाउने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम तय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार समानुपातिकतर्फ विभिन्न समावेशी क्लस्टरअनुसार नामावली तयार गरिएको छ। जसअनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम समावेश गरिएको छ।
निर्णयअनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइने प्रवक्ता झाले बताए।
रास्वपाले भने कुन क्लस्टरबाट को–को परे भन्ने नाम सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले सूची रुजु गरी अनुमोदन गरेपछि मात्रै नामहरू सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए।

