Harsamaya
काठले च्यापिएर एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

रुकुम पश्चिम - जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । 

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको  मृत्यु भएको हो । 

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update