बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय
एजेन्सी - बेलायतमा चिनियाँ कृषि ड्रोनहरू निकै लोकप्रिय भइरहेका छन् । विश्लेषकहरूका अनुसार पाँच वर्ष भित्र हजारौं बेलायती किसानहरूले ड्रोन प्रयोग गर्ने अवस्थामा पुग्नेछन् ।
लिभरपुल नजिकैको सानो फार्ममा काम गरिरहेका ड्रोनहरुले पोलिथिनबाट बनेका सुरुङहरू सफा गरिरहेके पनि देखिन्छ ।
अटोस्प्रे सिस्टम्सका सीईओ रोबर्ट पियर्सन भन्छन्,‘ प्रत्येक वर्ष आफ्नो पोलिथिन सफा गर्न, किसान र वातावरण दुवैको लागि ड्रोन उपयुक्त हुनेछ । ड्रोनले बालीहरूको निगरानी गर्न र केही अवस्थामा, बीउ रोप्न पनि सक्नेछन् । केही मिनेटमा सयौं बीउ खसाल्दै वन उब्जाउन पनि मद्दत गर्न सक्नेछ ।
ड्रोनहरूले लागत घटाउने र उत्पादकता सुधार गर्ने अपेक्षा गरिएको छ । ड्रोन प्रयोगकै कारण ब्रिटिश अर्थतन्त्रमा २ अर्ब डलर थपिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२ १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

