ललितपुर - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् ।
खरेलले ३९ हजार ४९१ मत पाएका छन् । कांग्रेसका महर्जनले ७ हजार ४२० मत मात्र प्राप्त गरे । यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन ४ हजार ५३६ मतसहित चौथो स्थानमा खुम्चिए भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरे ।
ललितपुर - २ को मत अपडेट :-
जगदिश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 39,491
प्रेमकृष्ण महर्जन (नेपाली कांग्रेस) = 7,420
राजा राम तण्डुकार (उज्यालो नेपाल पार्टी) = 5,547
प्रेम बहादुर महर्जन (नेकपा_एमाले) = 4,536
रघुवर राज थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,760
राजेन्द्र अमात्य (नेपाली कम्युनिष्ट पार्टी) = 1,217
सरोज राई (श्रम संस्कृति पार्टी) = 608
चिरी मैया महर्जन_लाखाजु (नेपाल मजदुर किसान पार्टी) = 207
उमङ्ग के.सी (स्वतन्त्र) = 99
अष्टराज बज्राचार्य (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 87
कृष्ण महर्जन (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 73
मंगल कृष्ण श्रेष्ठ (स्वतन्त्र) = 55
बाबु राज बज्राचार्य (स्वतन्त्र) = 47
ओम राज बज्राचार्य (स्वतन्त्र) = 41
हीणि करती (जनता समाजवादी पार्टी, नेपाल) = 29
रमेश आचार्य (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 24
कृष्ण महर्जन (मंगोल नेशनल अर्गनाइजेसन) = 20
लखिन्द्र कुमार साह (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 14
खेम प्रसाद श्रेष्ठ (नेशनल रिपब्लिक नेपाल) = 10
डोलेन्द्र राज भट्टराई (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 9
कृष्ण खड्का (स्वतन्त्र) = 9
रविन्द्र अमात्य (स्वतन्त्र) = 7
रबिराज पौडेल (स्वतन्त्र) = 3
जम्मा मतदाता : ८९,०८२ [४३,२९८ पुरुष र ४५७८४ महिला]

