दार्चुला - नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना दार्चुला जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठगुन्नाले १८ हजार ८९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले ३ हजार ६५ मत प्राप्त गरे ।
दार्चुला - १ को मत अपडेट :-
गणेश सिंह ठगुन्ना (नेकपा एमाले) = 18,891 (विजयी)
धर्मानन्द जोशी (नेपाली कांग्रेस) = 15,836
राजेश सिंह सामन्त_साउद (राष्ट्रिय स्वतन्त्र पार्टी) = 8,936
लक्ष्मण दत्त जोशी (नेपाली कम्युनिष्ट पार्टी) = 3,065
राजेश चन्द (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 666
नव राज भट्ट (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 298
विर्ख राज पन्त (राष्ट्रिय जनमोर्चा) = 86
विद्या देव जोशी (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 41
प्रेम सिह बडाल (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 34
गगन ठगुन्ना (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 19
रमेश कुमार रावल (नेपाल मजदुर किसान पार्टी) = 18
जम्मा मतदाता : ९२,९४८ [४७,७५५ पुरुष र ४५,१९३ महिला]

