Harsamaya
दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर
नेपाली कांग्रेसका उम्मेदवार बासना थापा।

सुर्खेत - दैलेख निर्वाचन क्षेत्र नम्बर १ मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रतिस्पर्धीसंगको मतान्तर बढाउँदै लगेकी छन् । 

पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन् ।

नेपाली कांग्रेसकि उम्मेद्वार थापाले एक हजार ९४९ मत ल्याएर अग्रता कायम राख्दा नेकपा एमालेका रवीन्द्र शर्माले एक हजार ४७५ र तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले एक हजार २४ मत ल्याएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update