सर्लाही कारागारमा मतदान सम्पन्न
सर्लाही - प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित सर्लाही कारागारमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा व्यवस्था गरिएको मतदान केन्द्रमार्फत कैदी बन्दीले मतदान गरेका हुन् ।
सहायक मतदान अधिकृत रिन्कु महतोका अनुसार कारागारमा रहेका कुल ३४ जना कैदी बन्दीले मतदान गरेका छन् । उनका अनुसार सबै कैदी बन्दीले मतदान गरेका छन् ।
निर्वाचन प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । कैदीहरूका लागि तोकिएको समयमै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

