Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सांकेतिक तस्वीर : हर समय/Har samaya

काठमाडौं - आज २०८२ फागुन १५ गते शुक्रबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ - अब हेरौँ, तपाईँको राशिमा के लेखिएको छ ?

मेष : केही बोल्नु अघि राम्ररी सोच्नुपर्ने बेला छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तपाईँको वैवाहिक जीवन राम्रो बनाउने प्रयासले आज आशा गरेकोभन्दा राम्रो फल दिनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । 

वृष : आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ । आजका दिनको ध्यान बच्चाहरू र परिवारमा  केन्द्रित हुनेछ । तपाईँले आफ्नो जीवन भन्दा बढी तपाईँलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । 

मिथुन : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाइको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । आफन्तसँग बिताएको समयले तपाईँलाई फाइदा हुनेछ। आँटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

कर्कट : सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । तपाईँले आफ्नो गतिविधिको क्षेत्रमा असीमित सफलता पाउने सम्भावना छ। धेरै फाइदा पाउन आफ्नो सबै कौशल लगाउनुहोस्। 

सिंह : परिवारको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । तपाईँको रिसले सानो कुरालाई ठुलो पहाड बनाउन सक्छ र मात्रै आफ्नो परिवारका सदस्यहरूको मन बिगार्छ। 

कन्या : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।

तुला : सामाजिक मान सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेको छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् ।विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

वृश्चिक : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका स्रोतहरू फेला पर्नेछन् । साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ ।नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवार सँग भेट हुनेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। 

धनु : व्यापार व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । काममा राम्रो फाइदाको योग रहेको छ । सहयोगीहरूको साथ पनि जुट्नेछ। 

मकर : पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला। 

कुम्भ : धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेको छ । मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । 

मीन : पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ। अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ।साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मान सम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update