Harsamaya
निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

निर्वाचनलाई व्यवस्थित र सहज रूपमा सञ्चालन गर्न उक्त अवधिमा सार्वजनिक बिदा दिइएको जनाइएको छ। मन्त्रालयले सम्बन्धित सबै निकाय तथा नागरिकलाई उक्त निर्णयबारे जानकारी गराएको छ।

641724893_1724359561862038_8059971124055436886_n-1772111225.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update