Harsamaya
पाँचपोखरीको विकट भूभागलाई सुगम बनाउछौं  : बंशलाल तामाङ
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङ ।

सिन्धुपाल्चोक - बंशलाल तामाङले पाँचपोखरी क्षेत्रको विकट भूभागलाई सुगम र सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तामाङले दुर्गम बस्तीमा सडक, धार्मिक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताएका हुन्।

उहाँले नेपाली कांग्रेस ले विगतमा निर्वाचन जितेपछि गुम्बा, मठमन्दिर तथा सडक निर्माण लगायतका थुप्रै विकासका काम सम्पन्न गरेको स्मरण गराउँदै बाँकी रहेका आयोजना आगामी दुई वर्षभित्र पूरा गर्ने जिम्मेवारी आफूहरूले लिने स्पष्ट पारे । 

विशेषगरी पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गतका दुर्गम बस्तीमा मुख्य सडक स्तरोन्नति, पहुँच मार्ग विस्तार तथा आधारभूत सेवा सहज बनाउने आफ्नो प्राथमिकता रहेको तामाङले उल्लेख गर्नुभयो। उहाँका अनुसार विकासलाई तीव्रता दिन दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरिनेछ।

यस क्रममा स्थानीय मतदाताहरूले पनि अधुरा विकास निर्माणका काम छिटो सम्पन्न गर्न र नयाँ योजना प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका थिए। यतिबेला तामाङ गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदाता भेटघाट, घरदैलो कार्यक्रम तथा चुनावी अभियानलाई तीव्रता  दिइरहेका छन।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update