हेलम्बुमा एमालेमा पहिरो, १८ जना भन्दा बढी कांग्रेस प्रवेश
सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिकामा नेकपा एमालेभित्र पहिरो गएको छ। गाउँपालिकाको वडा नम्बर ६ र ७ का एमालेमा आस्थावान १८ जना भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार बंशलाल तामाङको सक्रियता र बढ्दो लोकप्रियताका कारण आफूहरू एमाले परित्याग गरी कांग्रेस रोजेको नवप्रवेशीहरूले बताएका छन्।
यतिबेला तामाङ चुनावी घरदैलो अभियान अन्तर्गत हेलम्बुका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्दै मत माग्ने कार्यमा व्यस्त छन्। कांग्रेस नेताहरूले यसलाई क्षेत्र नम्बर २ मा पार्टीको बढ्दो जनसमर्थनको संकेतका रूपमा व्याख्या गरेका छन्।
स्थानीय तहमा पछिल्लो समय देखिएको दल परिवर्तनको क्रमले आगामी निर्वाचनमा प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

