Harsamaya
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु
ग्राफिक्स : हर समय/Har Samaya

एजेन्सी - पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीस्थित एक आवासीय भवनमा ग्यास चुहावटका कारण बिहीबार भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

सरकारी उद्धार कार्यालयका अनुसार भवनको पहिलो तलामा भएको विस्फोटले भवनको केही भाग क्षतिग्रस्त भएको थियो। सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर भग्नावशेषबाट पीडितहरूलाई बाहिर निकालेका थिए।

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यास चुहावटका कारण विस्फोट भएको देखिएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ भने भग्नावशेषमुनि अरू कोही फसेको छैन भन्ने सुनिश्चित गर्न खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update