दुर्गा प्रसाईं पक्राउ
काठमाडौं - मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिंदै भने, ‘उनी सोमबार आफ्नै घरबाट पक्राउ परेका हुन्।’ यसअघि पनि उनी विभिन्न कारणले पक्राउ परिसकेका छन्।
प्रहरीले प्रसाईंलाई पक्राउ गर्नुको कारण हालसम्म सार्वजनिक गरेको छैन । उनले जेनजी आन्दोलनपछि आन्दोलन गराउने र देश जलाउनेहरूबारे भण्डाफोर गर्दै आएका थिए । उनले काठमाडौंका तत्कालीन मेयर बालेन शाह र रास्वपा नेतृ सोविता गौतमबारे भिडियो सार्वजनिक गर्ने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

