Harsamaya
इन्द्रावतीमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता हुने
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नं. ५ को आयोजनामा “दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता–२०८२” सञ्चालन हुने भएको छ। प्रतियोगिता २०८२ साल फागुन ६ गते बाट ८ गते तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ।

खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका सम्बन्धित वडाका टिमहरूले दर्ता गराएर सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार रुपैयाँ र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

 वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता  शशिनाथ आचार्य उनका अनुसार समयमै टिम दर्ता गराई प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह गरिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update