फेवातालमा कार खस्दा युवकको मृत्यु
पोखरा - पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीका अनुसार गएराति करिब २:१० बजे पामेको गैह्राको चौतारा नजिकै कार अनियन्त्रित भई तालमा खसेको थियो। गोताखोर टोलीले उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्याए पनि बिहान ४:३४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, फागुन २, २०८२ ०८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

