Harsamaya
सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ मसान्तसम्म कुल बजेट खर्च वार्षिक विनियोजनको ४०.८ प्रतिशत मात्र भएको छ।

१९ खर्ब ६४ अर्ब ११ करोडको कुल बजेटमध्ये हालसम्म आठ खर्ब एक अर्ब ३७ करोड खर्च भएको छ। चालुगततर्फ ४७.६२ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च भने १५.६२ प्रतिशतमा सीमित भएको छ। वित्तीय व्यवस्थातर्फ ४६.७१ प्रतिशत खर्च भएको तथ्यांकले देखाएको छ।

राजस्वतर्फ वार्षिक लक्ष्यको ४४.४९ प्रतिशत प्रगति भएको छ। लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड रहेकामा माघ मसान्तसम्म ६ खर्ब ८२ अर्ब १६ करोड संकलन भएको छ। वैदेशिक अनुदानतर्फ लक्ष्यको २४.०२ प्रतिशत मात्र प्राप्त भएको छ।

सरकारको विकास खर्च न्यून रहँदा समग्र बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update