Harsamaya
झापामा जङ्गली हात्ती मृत फेला
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

झापा - कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेलापरेको प्रहरीले जनाएको छ ।

स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update