Harsamaya
इन्डो–प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल पापारो भोलि नेपाल आउँदै
संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्ड (इन्डोप्याकम) का कमाण्डर एड्मिरल सामुयल पापारो ।

काठमाडौं - संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्ड (इन्डोप्याकम) का कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने औपचारिक भ्रमणका लागि भोलि (बिहीबार) नेपाल आउँदै छन्।

नेपाली सेनाका अनुसार भ्रमणका क्रममा उनले उच्चस्तरीय औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन पनि गर्नेछन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले यस भ्रमणले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ बनाउनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनाजस्ता क्षेत्रमा सहकार्य मजबुत हुने विश्वास व्यक्त गरेको छ। भ्रमण पूर्वनिर्धारित कार्यक्रमअनुसार हुन लागेको जनाइएको छ।
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update