सिरहा - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आज(मंगलबार) मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन् ।
मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु भएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ ।
यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गर्ने जनाइएको छ ।
गजेन्द्र चोक पुगेका बालेन्द्र शाहले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि त्यहाँ उपस्थित नेता–कार्यकर्ता तथा समर्थक आश्चर्यमा परेका छन्।
कार्यक्रमअनुसार गजेन्द्र बाबुको शालिकमा माल्यार्पण गरी नजिकै रहेको पार्टी कार्यालय जाने तय भए पनि बालेन्द्रले पार्टी कार्यालय अगाडिबाटै गाडी नरोकी हिँडेका हुन्।

