Harsamaya
धनुषा हंसपुरका मेयर प्रदिप कुमार यादवको निधन
मेयर प्रदिप कुमार यादव ।

जनकपुरधाम – धनुषा हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको सोमबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ।

गत बिहीबार राति मस्तिष्क घात भएपछि उनी जनकपुरको न्युरो अस्पतालमा भर्ना भएका थिए र थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित थिए।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update