Harsamaya
नाइजेरियाको बेन्युमा दोहोरो आक्रमण, ३० जनाको ज्यान गयो
प्रतिकात्मक तस्विर ।

एजेन्सी - नाइजेरियाको मध्यवर्ती बेन्यु राज्यका दुई स्थानमा भएको सशस्त्र आक्रमणमा ३० जनाको मृत्यु भएको छ। केही दिनको अन्तरालमा भएका आक्रमणले क्षेत्रमा बढ्दो हिंसा झन् उजागर गरेको छ।

स्थानीय अधिकारी इबी एन्ड्र्यूका अनुसार क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र समूहले बजारमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १३ व्यापारी मारिएका छन्। आक्रमणमा बजार क्षेत्र र निजी सम्पत्तिमा पनि क्षति पुगेको छ।

यसअघि मङ्गलबार नजिकैको म्बाइक्योर बजारमा भएको अर्को आक्रमणमा एक प्रहरीसहित १७ जनाको मृत्यु भएको थियो।

बेन्यु राज्यमा मुस्लिम जातीय समूह र इसाई किसानबीच भूमि र स्रोत नियन्त्रणलाई लिएर लामो समयदेखि हिंसा चल्दै आएको छ। जलवायु परिवर्तन, अवैध हतियारको फैलावट र राज्यको कमजोर सुरक्षा प्रतिक्रियाले स्थिति थप जटिल बनेको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update