इस्लामावादको शिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ को मृत्यु
इस्लामावाद - पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । १६९ भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
शुक्रबारको प्रार्थनापछि गेटमै आक्रमणकारीले विस्फोट गराएको सुरक्षा स्रोतले जनाएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ २०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

