निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता
बैतडी - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले हातहतियार बुझाउन उर्दी जारी गरेको थियो । सोहीबमोजिम २८७ थान बन्दुक फिर्ता गरिएको हो ।
जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो । आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो । बुझाइएका बन्दुक चैत २० गते पछि फिर्ता गरिने छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

