Harsamaya
सामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछ : ईश्वर पोखरेल
नेकपा एमालेका नेता ईश्वर पोखरेल ।

काठमाडौं - नेकपा एमालेका नेता ईश्वर पोखरेलले सामाजिक सद्भावलाई कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभाउने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरुसँग संवाद कार्यक्रममा उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए ।

उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो । यो सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि काम हुन्छ भने एमालेले सहन सक्दैँन् । त्यसको विपक्षमा आफूलाई उभाउने काम गर्छ र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा हामी केन्द्रीत हुने छौ । यो घोषणा पत्रले व्यक्त गर्ने प्रतिबद्धताको रुपमा आउने छ । त्यसपछि विकास निर्माणसँग सम्बन्धित महत्वपूर्ण मुद्धाहरु जुन हिजो नेकपा एमालेको सरकार भएको बेला सुरु गरिएका थिए । ती विषयमा हामी केन्द्रीत हुन चहान्छौ ।’

यस्तै, उनले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र जनताले सेवा प्राप्त गर्ने धेरै क्षेत्रमा जुन समस्याहरु देखा परेका छन् त्यसलाई सम्बोधन गर्ने पनि एमालेको प्रतिबद्धता रहने बताए ।

यस पटकको घोषणा पत्रमा एमाले अलि पृथव तरिकाले प्रस्तुत भएको भन्दै राम्रो काम मात्र होईन कुन काम कति बेला गर्ने भन्ने बारेमा किटान गरेर घोषणा पत्र तयार गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘यस पटकको घोषणा पत्रमा अलि पृथव तरिकाले हामी प्रस्तुत भएको देख्न सक्नु हुन्छ । त्यो भनेको हामी निश्चित मुद्धाहरुमा कार्य तालिकाका साथ प्रस्तुत हुन्छौ । राम्रो राम्रो काम मात्र होईन कुन काम कति बेला गर्छौ भन्ने बारेमा किटान गरेर हामी आउने छौ ।’

साथै, उनले जेनजीको मुद्धामा पार्टीको विमति नभए पनि आन्दोलनको नाममा भएको षड्यन्त्रमा गम्भिर असहमती र विरोध रहेको भन्दै यो कुरामा दुईमत नरहेको उल्लेख गरे ।

उनले भने, ‘जेनजी समूहले उठाएको मागहरु अनुचित थिएनन् । त्यो मागहरु पूरा गराउने शिलशिलामा प्रारम्भ गरिएको स्टेपहरु अनुचित थिएनन् तर त्यसको केही समयपछि जुन हाईज्याक भयो, यो मेरो शब्द होईन आन्दोलनकारीहरुले नै हाईज्याक भन्ने शब्द प्रयोग गरेका छन् । हाईज्याक भईसकेपछि अवस्था षड्यन्त्र तर्फ गएको हो । यसलाई अलि छुट्टाएर बुझ्नु पर्छ । जेनजीको मुद्धामा हाम्रो विमति होईन तर जुन आन्दोलनको नाममा षड्यन्त्र भए त्यसमा हाम्रो गम्भिर असहमती र विरोध हो, त्यसकारण हामी यसको विरोध गर्छौ यसमा कुनै दुईमत छैन् ।’

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update