Harsamaya
गोरखा र सर्लाहीमा दुईजना मृत फेला
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं- छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला परेका छन् । प्रहरीका अनुसार उनीहरू मंगलबार मृत फेला परेका हुन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ जिङ्ग्रा वडारस्थित गोरेटो बाटोमा कैलाली धनगढी उपमहानगरपालिका-६ घर भएका ३५ वर्षीय सागर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका-४ रोहुवास्थित बाटो छेउमा रामनगर गाउँपालिका-५ बृताटोल बस्ने सुरेन्द्र ठाकुर मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update