Harsamaya
रसुवामा चुनावी रौनक : वसन्त भट्टले बढाए सक्रियता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्ट।

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले चुनावी अभियानलाई तिब्र बनाएका छन् । घर–घर पुगेर मतदाता भेटिरहेका भट्टले परिवर्तनका पक्षमा मत दिन आग्रह समेत गरेका छन् ।

घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको भट्टको भनाइ छ । उनले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रसुवालीको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने बताएका छन् ।

भट्ट नेपाली कांग्रेसका पूर्वसांसद मोहन आचार्य र एमालेका प्रेम तामाङसँग प्रतिस्पर्धामा छन् । चुनावी अभियानकै क्रममा भट्टले रोजगारी सिर्जना, पर्यटन र कृषिको पुनर्जागरण, जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व, सुशासन तथा भ्रष्ट अभ्यास अन्त्यलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

तामाङ समुदायको बाहुल्य रहेको रसुवामा घरदैलो गर्दा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै भट्टले यसपटकको निर्वाचनमा घण्टी चिन्ह परिवर्तनको प्रतीक बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update