बालिका बलात्कार गरेको आरोपमा साँगा चोकबाट दुई शिक्षक पक्राउ
सिन्धुपाल्चोक - बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई नियन्त्रणमा लिएको छ ।
बुधवार १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी को - १२ जनजागृति माविमा कार्यरत दुई शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख काजीकुमार आचार्यले जानकारी दिए ।
शिक्षक जितराज गिरी र सोही विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको उनले बताए । ती शिक्षकले सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकालाई ललाइफकाई जबरजस्ती गरेको आरोप छ ।
सो घटना गाउँमा मिलापत्र गर्ने प्रयास गरे पनि बाहिर आएको हो । घटना बाहिरिएपछि पीडकलाई पक्राउ गर्न प्रहरीमाथि दबाब परेको थियो । गिरी माओवादी समर्थित शिक्षक सङ्गठनमा आबद्ध छन् । प्रहरी प्रमुख आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ १९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

