Harsamaya
हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द
मुगुमा हिमपात ।

मुगु - लामो खडेरी पछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्तर्गत नाग्मा गमगढी कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ ।

राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ ।

हिमपातपछि बालीनाली सप्रने आसामा किसानहरु खुशी भएका छन् भने अत्यधिक चिसोका कारण जनजीवन प्रभावित समेत भएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलाहरु प्रभावित भएका छन् ।

हिमपातका कारण हाल सम्म कुनै किसिमको क्षति नभएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update