आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस
काठमाडौं - आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस देशभर मनाइँदै छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।
२०८१ पुस १६ गतेको मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

