Harsamaya
संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको प्रदर्शन
प्रतिकात्मक तस्विर ।

काठमाडौं - संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

असंवैधानिक रुपमा बिघटन गरेको संसद बैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । 

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनःस्थापना होस भन्ने आफुहरुको मुख्य माग रहेको जनाएका छन् । देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, बिघठित संसद पुर्नस्थापना गर, लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update