नयाँ काम गर्ने हुटहुटीले मैदानमा उत्रिएको छु : वंशलाल तामाङ
काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ का उम्मेदवार वंशलाल तामाङले नयाँ काम गर्ने हुटहुटीका साथ आफू निर्वाचनमा होमिएको बताएका छन्।
इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, कार्यशैली र नतिजा फेर्ने अवसर हो,’ उनले बताएका छन्।
उनका अनुसार सुशासन, विकास मोडलमा सुधार र सिन्धुपाल्चोक–२ को विकास उनका मुख्य प्राथमिकता हुन्।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२ १९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

