पूर्ण बहादुरको क्षेत्रमा बिष्णु बहादुरले गराए उम्मेदवारी दर्ता
सुर्खेत - सुर्खेत जिल्ला क्षेत्र नं. १ मा नेपाली काँग्रेका बिष्णु बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसका तत्कालिन कार्यवहाक सभापति पुर्णबहादुर खड्काको निर्वाचन क्षेत्रमा खड्काले आफू चुनावमा नउठ्ने भएपछि आफ्ना भाइ बिष्णु खड्कालाई अघि सारेका हुन् ।
यो निर्वाचन क्षेत्रमा पुर्णबहादुर खड्काले चुनाव जित्दै आएका थिए । एमालेका धुव्रबिक्रम शाही, राप्रपाका रविकिरण हमाल र रास्वपाका टेकबहादुर सिंहबीच यो क्षेत्रमा प्रतिष्पर्धा हुने छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

