Harsamaya
सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरू एकै पोशाकमा 
प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा 'सुबोध', क्षेत्र नम्बर २ बाट युवराज दुलाल 'शरद', तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङ ।

चौतारा - सिन्धुपाल्चोक जिल्लामा आगामी प्रतिनिधिसभा  निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको परम्परागत पोशाक लगाएर मनोनयन दर्ता गर्ने भएका छन्। 

पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक र माधवकुमार नेपालको सहसंयोजक रहेको नेकपाले जिल्लाका दुबै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूले एकै प्रकारको पोशाक लागाएका हुन । 

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा 'सुबोध', क्षेत्र नम्बर २ बाट युवराज दुलाल 'शरद', तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्ता गर्ने छन्। 

उनीहरूले लगाएको पोशाकले नेपाली सांस्कृतिक पहिचानलाई जोड दिएको छ। उनीहरूको गलामा मखमली फूलका माला लगाएर  पृष्ठभूमिमा नेपाली राष्ट्रिय झण्डा र पार्टीका रातो झण्डाहरू फहराएर सामुहिक  तस्बिर खिचाएका छन ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update